अखण्ड हरिकीर्तन समितिद्वारा धन्यवाद ज्ञापन एवम्‌‍ सम्मान समारोह

Share this news

खरसाङ,23 जुलाई(सुवास छेत्री)ः खरसाङ्मा गत केहीदिन अघि अखण्ड हरिसकीर्तन समितिको आयोजनामा सम्पन्न जगन्ननाथ रथ यात्रमा सहयोग र सहभागिता जनाउने विभिन्न सङ्घ-संस्था,धार्मिक एवम्‌‍ आध्यात्मिक सङ्घ-संस्था लगायत व्यक्ति विशेषप्रति आभार ज्ञापन गर्न तथा सम्मान जनाउन समितिले बुधवार खरसाङ्मा एउटा कार्यक्रमको आयोजना गऱ्यो। खरसाङ्को एउटा होटलमा समितिका अध्यक्ष राजेन्द्र प्रसाद अग्रवालको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन समितिका सचिव रमेश प्रसादले गरेका थिए। समारोहमा मुख्य एवम्‌‍ विशिष्ट अतिथिको रुपमा समितिका संरक्षक तथा खरसाङ राम मन्दिरका पुरोहित अखिलेन्द्रनाथ द्वीवेदी, आचार्य केशव मिश्र, पुरोहित पुरुषोत्तम अधिकारी, पेम्बा रिम्पोर्छे, रामकृष्ण आश्रमका सञ्चालक सुचितानन्द आनन्द, ब्रम्हकुमारी दुर्गा देवी, आचार्य महेश अत्रि, खरसाङ ट्राफिक ओसी बिरेन्द्र छेत्री, पुरोहित आनन्द पारेख, अधिवक्ता रमेश अग्रवाल, पुरोहित पुण्य प्रसाद शर्मा लगायत विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। समारोहमा यस वर्ष समितिद्वारा आयोजित रथयात्रामा सहयोग प्रदान गर्ने तथा सहभागिता जनाउने सबै आध्यात्मिक एवम्‌‍ सामाजिक सङ्घ-संस्था, विभिन्न मन्दिर सञ्चालन समिति, मिडिया कर्मीहरू तथा व्यक्ति विशेषलाई समितिको पक्षबाट खदा लगाएर, शाल ओडाएर अनि सम्मान पत्र तथा तुलसीको बोट प्रदान गरेर सम्मान जनाइयो। समारोहमा अखण्ड सकीर्तनको महत्वबारे अखिलेन्द्रनाथ द्वीवेदीले आफ्नो विचार राखे भने पण्डित केशव मिश्रले तुलसीको महत्वबारे प्रकाश पारे। त्यसरीनै सनातन धर्मको संरक्षण र सम्बर्द्धनबारे पुरोहित पुरूषोत्तम अधिकारीले आफ्नो भनाइ राखे भने पेम्बा रिम्पोर्छे अनि अधिवक्ता रमेश अग्रवालले समारोह आयोजनाबारे आफ्नो मन्तव्य राखे औ बीके दुर्गा देवीले धर्मको महत्त्वबारे प्रकाश पारिन्‌‍। वक्ताहरूले विशेषगरी सनातन धर्म औ यसको महत्त्वबारे जोड़ दिँदै यसको रक्षा अनि वर्तमान हाम्रा युवा पिड़िमा यसबारे जागरुकता ल्याउनुपर्ने कुरो बताए। तिनीहरूले हरि सकीर्तन समितिद्वारा गरिँदै आइरहेको विभिन्न धार्मिक एवम्‌‍ आध्यात्मिक कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिने आग्रह गरे।


Share this news
आजको रोजाइ
शिवखोला ग्राम पञ्चायतको नयाँ भवन उद्घाटन

शिवखोला ग्राम पञ्चायतको नयाँ भवन उद्घाटन

पुष्परानी विद्यालयमा व्यवस्थित मतदाता एवं चुनावी सहभागिता बारे जागरुकता कार्यक्रम

पुष्परानी विद्यालयमा व्यवस्थित मतदाता एवं चुनावी सहभागिता बारे जागरुकता कार्यक्रम

खरसाङ्मा तीव्र हवा-पानीले गर्दा समस्या, राजमार्गमा रुख ढल्यो

खरसाङ्मा तीव्र हवा-पानीले गर्दा समस्या, राजमार्गमा रुख ढल्यो

वार्ड नम्बर 13 मा नयाँ हेल्थ सेन्टर निर्माणको लागि शिलान्यास

वार्ड नम्बर 13 मा नयाँ हेल्थ सेन्टर निर्माणको लागि शिलान्यास

कार्यकारिणी र सीएलसी सदस्यलाई जनाइयो अभिनन्दन

कार्यकारिणी र सीएलसी सदस्यलाई जनाइयो अभिनन्दन

“आमा योजना”को प्रभावी कार्यान्वयन सुनिश्चित गराउनु

“आमा योजना”को प्रभावी कार्यान्वयन सुनिश्चित गराउनु

गोर्खाहरूको चारबुँदे प्रतिवेदन पठाउन अनुरोध

गोर्खाहरूको चारबुँदे प्रतिवेदन पठाउन अनुरोध

मनिशालाई मेरो भोईस यूनिभर्समा जिताउने अनुरोध

मनिशालाई मेरो भोईस यूनिभर्समा जिताउने अनुरोध

अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणार्थ शिलान्यास

अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणार्थ शिलान्यास

लिङ्गतेन प्राथमिक पाठशाला भवनले काँचुली फेर्ने

लिङ्गतेन प्राथमिक पाठशाला भवनले काँचुली फेर्ने