सुपर मार्केट स्थित रोड किनार डम्पिङ ग्राउण्ड जस्तै बन्दैछ

Share this news

खरसाङ, (निसं) खरसाङ्को पार्क लोकेशनस्थित सुपर मार्केटको पेटी तथा मन्टभियट रोड किनारमा फोहोर-मैला नियमित थुपारिने गरिएकोले यो स्थान डम्पिङ ग्राउण्ड जतिकै बनेको छ। यहाँ प्रायः नै फोहोर-मैलाको थुप्रो देखिन्छ। कुनै कुनै समय फोहोर-मैलाको थुप्रो बढ़ेर निकै माथिसम्म चुलिएको अवस्थामा देखिन्छ भने भुस्याहा कुकुरहरूले फोहोर-मैला सड़क भरी छरिएको अवस्थामा पनि पाइन्छ। यहाँ थुपारिएको फोहोर-मैला सड़िएर पैदल हिँड़ने मानिस, नजिकैको सेण्डिकेटका सदस्यहरू समस्याम पर्ने गरेका छन्‌‍। शुक्रवार यस स्थानमा यस्तै फोरोह-मैलाको थुप्रो रहेको थियो, त्यहाँका कतिपय मानिसहरूले तीन दिनदेखि यहाँको फोहोर-मैला नउठाइएको बताए। बोरामा भरेर राखिएको उक्त फोहोर-मैला छेउछाउका मानिसहरूले फालेका साथै अन्य स्थानबाट नगरपालिका कर्मीहरूले ल्याएर त्यहाँ थुपारेको पनि मानिसहरूले बताए। यस स्थानमा फोहोर-मैला थुपारिने क्रमलाई बन्द गरिन पर्ने स्थानीय साथै यो बाटो भएर हिँड़ने मानिसहरूको माग छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान