सिमलबारी गाड़ी दुर्घटनामा पाँच घाइते

Share this news

खरसाङ, (मोहन प्रसाद): दार्जीलिङ देखि सिलगढ़ी तर्फ गइरहेको एउटा यात्री वाहन खरसाङ महकुमा अन्तर्गत सिमलबारी चियाबारी नजिक खोप्रेल मोड़मा दुघर्टना हुँदा वाहनमा सवार सबै पाँच यात्री घाइते बनेका छन्‌‍। गाड़ीधुरा पुलिस आउट पोस्ट मार्फत प्राप्त भएको जानकारी अनुसार, उक्त वाहन दार्जीलिङबाट सिलगढ़ी तर्फ गइरहेको थियो। द्रुत गतिमा कुदिरहेको गाड़ीको सम्भवत ब्रेल फेल भएर दुघर्टना भएको हो। गाड़ी सड़क छोड़ेर सडक किनारको खाल्डामा पल्टियो। वाहन दुघर्टना हुन साथ क्षेत्रमा तैनात पुलिस कर्मी, सेनाका जवान अनि यो सड़मा आउ-जाउ गरिरहेका गाड़ीका चालकहरू साथै मानिसहरूको सहयोगमा सबै पाँच घाइते यात्रीलाई सुकना हेल्थ सेन्टरमा पठाइएयो। घाइते यात्रीहरू मध्ये कतिपय यात्रीहरू आसामका पनि रहेको गाड़ीधुरा पुलिस आउट पोस्टबाट जानकारी पाइएको छ। उक्त दुर्घटना एउटा अघि जान खोज्ने वाहनलाई पास दिने क्रममा ब्रेक फेल भएर नियन्त्रण हराएपछि भएको पनि कतिपयले बताएका छन्‌‍। दुर्घटना घटेको समय खरसाङ तर्फ आइरहेका जीटीएको सूचना एवं संस्कृति विभागका कार्यकारी सभासद अनोश थापाले दुर्घटना देखेपछि गाड़ी रोकेर घाइतेहरूलाई सहयोग पुऱ्याएका थिए।


Share this news
आजको रोजाइ
मुण्डाकोठीमा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न

मुण्डाकोठीमा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न

पुरानो सिनेमा हल तर्फबाट बर्खाको भल अझ पनि सड़क हुँदै बजारमा

पुरानो सिनेमा हल तर्फबाट बर्खाको भल अझ पनि सड़क हुँदै बजारमा

तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरुद्वारा शिक्षक शिक्षिकाहरुलाई सम्मान जनाउन कार्यक्रम सम्पन्न

तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरुद्वारा शिक्षक शिक्षिकाहरुलाई सम्मान जनाउन कार्यक्रम सम्पन्न

टाँसी साम्तेनलिङ गुम्बामा शुक्रवारदेखि पाँच दिवसीय बज्रगुरु मन्त्र जप एवं पूजा आरम्भ

टाँसी साम्तेनलिङ गुम्बामा शुक्रवारदेखि पाँच दिवसीय बज्रगुरु मन्त्र जप एवं पूजा आरम्भ

शहरको स्ट्रीट लाइटहरू अझ पनि नबलेपछि  रातिको समयमा जनसाधरणले भोग्दैछन्‌‍ समस्या

शहरको स्ट्रीट लाइटहरू अझ पनि नबलेपछि रातिको समयमा जनसाधरणले भोग्दैछन्‌‍ समस्या

जीटीए भाषा मान्यता दिवस आयोजन समिति गठित

जीटीए भाषा मान्यता दिवस आयोजन समिति गठित

बिभागको हेलचेक्र्याइँले जनताले दुःख पाइरहेको आरोप

बिभागको हेलचेक्र्याइँले जनताले दुःख पाइरहेको आरोप

मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा दक्षता गुरूङ

मेरो भोइस युनिभर्स सीजन 2 को टप 8 मा दक्षता गुरूङ

अमीर सुन्दासलाई कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार दिइने

अमीर सुन्दासलाई कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार दिइने

मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो

मंगन जिल्ला स्तरीय खुला फुटबलमा लाक्पा जोजो

आजको रोजाइ