साई सन्दरम्‌‍ स्कूलले राखी लगाएर सचेतना

Share this news

खरसाङ, अगस्त(निसं)ः सन्‌‍ 1983 सालमा दिलाराम क्षेत्रमा स्थापित भएको साई सुन्दरम्‌‍ विद्यालयका विद्यार्थीहरूले यस वर्ष सीबीएसइ बोर्ड परीक्षामा जिल्लामा नै उत्कृष्ट अङ्क लिएर परीक्षा उतीर्ण गरे भने विद्यालयले नानीहरूको सर्वाङ्गीण विकासका कार्यहरुसँगै सामाजिक उत्थानका धेरै कार्यहरु पनि गर्दै आइरहेको छ। वर्तमान समयमा समाज सुधारका थुप्रै नीति निर्धारणहरू पाइए तापनि वास्तविक रूपमा कार्य गर्ने संघ-संस्थाहरू थोरै छन्‌‍ अनि यसरी समाज सुधारका कार्यहरू गर्न चाहेको खण्डमा पनि सार्वजनिक रुपमा सहयोग र समर्थन पाउनु पनि गाह्रो पर्दछ। तथापि साई सुन्दरम विद्यालयले निरन्तर रूपमा यस्ता कार्यहरू गरिरहेको छ। यस्तै विभिन्न कार्यक्रमहरू बीच शनिवार रक्षाबन्धनको शुभ अवसरमा यस विद्यालयको दिलाराम क्षेत्रका सम्पूर्ण दोकान पसलहरुलाई रक्षाबन्धनको पवित्र धागो बाँधेर हाम्रो क्षेत्रलाई स्वच्छ र सुरक्षित बनाउन हेतु विद्यार्थीहरूमा खैनी, चुरोट, गुटका आदि जस्ता नशालु पदार्थहरु नबेचिदिने अनि यस्ता कुलतमा फसेका विद्यार्थीहरू दोकान पसलमा आए विद्यालयलाई जानकारी गरिदिने आग्रह पनि गरियो। यस पवित्र कार्यका निम्ति विद्यालयका शिक्षक शिक्षिका एवं विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए साथै यस नशामुक्त अभियानमा दिलाराम पुलिस आउट पोस्ट तथा दिलाराम वरिपरिका समाजहरू बामनधुरा ग्राम सुधार समिति दिलाराम, प्रगति समाज,नारी कल्याण समिति दिलाराम, महादेव खोला समिति तथा सन्त मेरिज-1 का पञ्चायत सदस्यहरुले सहयोग गरेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान