वार मेमोरियल बनाउने माग

Share this news

तीनधारे, (निसं): भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओ र वरिष्ठ नागरिक कल्याण संगठन घैयाबारीद्वारा देश रक्षामा शहीद भएका शहीदहरुलाई सम्झना गर्दै घैयाबारी क्षेत्रमा वार मेमोरियल बनाउन पहल शुरु गरिएको छ। दुवै संगठनले वार मेमोरियल घैयाबारीको झुम डाँडा परिसरमा बनाउन पहल गरिरहेका छन्‌‍। यसै ठाउँमा कारगिल एनजीओ र वरिष्ठ नागरिक कल्याण संगठनले 79 औं स्वतन्त्रता दिवस समारोह पनि पालन गरेका छन्‌‍। झुम डाँडा परिसरमा नै दुवै संस्थाले मिलेर राष्ट्रिय झण्डा उत्तोलन गरेर स्वतन्त्रता दिवस पालन गर्दै यस ठाउँमा वार मेमोरियल बनाउन जीटीए प्रमुख अनित थापालाई पनि अनुरोध गरेका छन्‌‍। केही समय अघि कारगिल एनजीओ र वरिष्ठ नागरिकहरुले जीटीए प्रमुख अनित थापा समक्ष घैयाबारीमा वार मेमोरियल बनाउन अनुरोध गरेका थिए र जीटीए प्रमुखले पनि ठाउँ हेर्नु बनाई दिन्छु भनेकोले दुवै संस्थाले मिलेर घैयाबारीको झुम डाँडामा वार मेमोरियल बनाउन अनुरोध गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मणिकुमार छेत्री, दिलप्रसाद छेत्री र अर्जुन योञ्जनले घैयाबारी क्षेत्रमा पनि एउटा भ्यु पोइन्ट हुनु पर्ने र यसको लागि घैयाबारीको झुम डाँडामा वार मेमोरियल बनाउन जीटीए प्रमुख अनित थापा समक्ष अनुरोध गरेका छन्‌‍। उनीहरुले देश रक्षामा शहीद भएका शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न साथै सम्झनामा राख्नलाई घैयाबारीमा वार मेमोरियल बनिनु पर्ने आह्वान्‌‍ गरेका छन्‌‍। विशेष गरेर जीटीए प्रमुख अनित थापाले वार मेमोरियलको लागि जमीन हेर्नु भनेकोले घैयाबारीको झुम डाँडा उपयुक्त रहेको भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओ र वरिष्ठ नागरिक कल्याण संगठन घैयाबारीद्वारा बताइएको छ।


Share this news
आजको रोजाइ
एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

एसआरसी 2 विधेयक पुनः प्रस्तुत गर्ने डा. थरूरप्रति सराहना

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

मंगर समुदायको “अन्तर्राष्ट्रिय बाराही-मी-जोङ्ग २०२५” पालन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

Nepal Premier League : नेपाल प्रिमियर लीगको दमदर दोश्रो सीजन

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

दार्जीलिङ–सिक्किम जाडोको चपेटामा: कुहिरो, चिसो र बढ्दो स्वास्थ्य चुनौती

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

गोवा नाइटक्लब आगलागी: २५ को मृत्यु, ४ नेपालीको ज्यान गयो

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

बंगालमा वर्तमान कानून अन्त्य गरी “कानुनी शासन” स्थापना गर्ने

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

सारेगामापा लिटल च्याम्प्स २ का रिन्छेनको जितमा विजय रैली

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

आगोसंस र डुवर्स गोर्खा समोद्वारा सांसद बढाईकलाई ज्ञापनपत्र

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

एसटी माछा किसानलाई साक्षरतामा सशक्त बनाउन कार्यक्रम

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

आजको रोजाइ