Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले लोकतन्त्र संकटमा पर्ने निश्चित भएको छः बीपी बजगाईँ

Share this news

खरसाङ, (निसं): पश्चिम बंगाल निर्वाचन आयोगको वेबसाइटमा मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले जनसाधरणलाई डाटा खोज्न र जाँच्न असुविधा भएको, मतदाता सूची टेक्स्ट फर्म्याटमा नभएकोले यसमा दोहोरो दाखिल वा अनियमितता पत्ता लगाउन असम्भव बनाइएको देवी गर्दै खरसाङ्का विधायक बीपी बजगाईँले निर्वाचन आयोगको यस प्रकारको कार्यले लोकतन्त्र खतरामा पर्ने निश्चित भएको गुनासो गरेका छन्‌‍। तिनले एक विज्ञप्ति जारी गरेर हिमालय दर्पणलाई भनेका छन्‌‍, भारतको निर्वाचन आयोगमाथि विपक्षी नेता राहुल गान्धीले फर्जी मतदाता राख्ने गम्भीर आरोप लगाएका छन्‌‍। यस्ता आरोपहरूको समयमा आयोगले जनताको विश्वास जित्ने जवाफ दिन नसकेको र विभिन्न राज्यका निर्वाचन आयोगको वेबसाइटबाट मतदाता सूची हटाइएकोले आयोगको विश्वसनीयता संकटमा परेको छ। मैले आफ्नो मतदान केन्द्रको डाटा जाँच्दा मतदाता सूचीमा मतदाताको फोटो नभएको र डाटा अप्टिकली पढ्न नसकिने अवस्थामा रहेको पाएँ। डाटालाई टेक्स्ट फर्म्याटमा वेबसाइटमा राख्न सकिन्छ, जसले डाटा खोज्न र जाँच्न सुविधा प्रदान गर्छ। तर पश्चिम बंगालको निर्वाचन आयोगको वेबसाइटमा मतदाता सूची टेक्स्ट फर्म्याटमा नराखिएकोले डबल एन्ट्री वा अनियमितता पत्ता लगाउन असम्भव बनाइएको छ। एआईको युगमा यो आश्चर्यजनक र चिन्ताजनक छ। यस्तो अवस्थामा, यदि भारतको निर्वाचन आयोगले आफ्नो काममा पारदर्शिता र जवाफदेहिता कायम गर्न सकेन भने देशको लोकतन्त्र संकटमा पर्ने निश्चित छ। बजगाईँले लोकतन्त्र बचाउन पर्छ, लोकतन्त्र बचाउनको निम्ति मतदाता सूचीमा पारदर्शिता ल्याउन पर्छ, यस दिशामा कार्य गरिन पर्छ भन्ने मेरो मनसाय हो भनी थप भनेका छन्‌‍।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या