अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

Share this news

सोनादा, 26 जुलाई (निसं)ः रोटरी क्लब अफ्‌‍ दार्जीलिङ्को आयोजनामा अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने भएको छ। यसको लागि प्रत्येक विद्यालयलाई 10-15 वटा गरेर बिरुवाहरु प्रदान गरिने भएको छ, ती बिरुवाहरुलाई कसरी हेरचाह गर्छन्‌‍ भनेर एक वर्षसम्म हेरिने भएको छ। एक वर्षपछि कसले राम्रोसितले बिरुवाको हेरचाह गरेका छन्‌‍, त्यस विद्यालयलाई पुरस्कृत गरिने भएको छ। रोटरी क्लब अफ दार्जीलिङले यस प्रतियोगितालाई द ग्रिन थम्प नाम दिएको जानकारी प्राप्त भएको छ। यसै प्रतियोगितालाई लिएर आज रोटरी क्लब अफ्‌‍ दार्जीलिङ्का सभापति विवेक छेत्री र पूर्व सभापति टाँसी पिन्चो रंगबुलस्थित नर्सरीमा आएर बिरुवाहरुको निरीक्षण गरेका थिए। यस प्रतियोगिता विषयमा पत्रकारहरुसित जानकारी गराउँदै रोटरी क्लब अफ्‌‍ दार्जीलिङ्का सभापति विवेक छेत्रीले रोटरी क्लब दार्जीलिङ्को तत्वावधानमा अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने जानकारी गराउँदै यस प्रतियोगिताको नाम माई प्लान्ट-माई रेस्पोन्सिबिटी दिइएको जानकारी गराएका छन्‌‍। उनले प्रत्येक विद्यालयलाई 10-15 वटा गरेर बिरुवा उपलब्ध गराउने र वर्षभरि हेरचाहको आधारमा पुरस्कार प्रदान गरिने बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान