तीनधारेमा महिनाव्यापी कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचन कार्यक्रम सम्पन्न

Share this news

तीनधारे , (निसं): तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा एक महिनाव्यापी कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रम सम्पन्न भएको छ। उक्त महुनाव्यापी कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रम गत 1 अगस्त देखि 31 अगस्तसम्म आयोजना गरिएको थियो। तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बा तामाङ बुद्धिष्ट एसोसिएसनको आयोजनामा एक महिनासम्म चलेको उक्त कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रम 1 अगस्तदेखि लगातार रुपमा प्रतिदिन अपरान्ह 2 बजीदेखि 4 बजीसम्म धर्म गुरु ल्हाक्पा बम्जन म्हेम्हेद्वारा प्रवचन दिइएको छ। उक्त महिनाभरि कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रमको अन्तिम दिन साङ्गे ल्हाक्पा बम्जन म्हेम्हेको बाहुलीबाट वाङ वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त महिनाभरि कुनसाङ लामे स्याल लुङ्का दिव्य प्रवचनको कार्यक्रममा प्रत्येक दिन साङ्गे ल्हाक्पा बम्जन म्हेम्हेले सम्पूर्ण अन्य लामा म्हेम्हेहरु, म्हाणिपा संघका आनीहरु, बौद्ध धर्मावलम्बीहरु र अन्य जनसाधारणको उपस्थितिमा दिव्य प्रवचन दिइएको जानकारी सह सचिव सन्तोष लामाले दिएका छन्‌‍। उनले दिएको जानकारी अनुसार महिनाव्यापी प्रवचनको अन्तिम दिन ल्हाक्पा बम्जन म्हेम्हेलाई गुम्बाको तर्फबाट सम्मान जनाइएको छ। यस अवसरमा सम्मान पत्र सह सचिव सन्तोष लामाले पठन गरेका थिए भने सभापति प्रेम योञ्जनको बाहुलीबाट प्रदान गरिएको छ। यस अन्तिम दिनको कार्यक्रमलाई सदस्य सुरेन बम्जनले सञ्चालन गरेका थिए। कार्यक्रममा समितिको मूल सचिव महेन्द्र तामाङले महिनाव्यापी कार्यक्रम विषयमा वक्तव्य राख्दै धन्यवाद ज्ञापन पनि राखेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान