टाँसी सम्तेनलिङ गुम्बामा टेल्डा छेचु पद्म सम्भवको जन्म जयन्ती

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः खरसाङ्को मन्टभियट रोडमा रहेको पालन गर्दै यस पावन अवसरमा पाँच दिवसीय बज्रगुरु मन्त्र जपको आयोजना गरिने भएको छ। उक्त बज्रगुरु मन्त्र जप तथा पूजा आगामी 31 जुलाईदेखि 4 अगस्तसम्म आयोजना गरिनेछ। तामाङ बुद्धिष्ट एसोसिएशन तथा टाँसी साम्तेनलिङ गुम्बा सञ्चालन समिति अध्यक्ष युएस तामाङले बताए अनुसार यो पूजा आयोजना गर्नको निम्ति गुम्बा सञ्चालन समितिको सभामा निर्णय गरिएपछि तयारी शुरु भइसकेको छ। आगामी 31 जुलाईको दिन पूजाको आरम्भ गरिनेछ, यस दिन बिहान साङ शोलख, अपराह्नदेखि बज्र गुरु मन्त्र जप गरिनेछ। यसरी नै 1 अगस्तदेखि 4 अगस्तसम्म बज्रगुरु मन्त्र जप सम्पन्न गरिनेछ। 4 अगस्तको दिन छेचू (दशमी) पूजाको आयोजना गरिनेछ। 4 अगस्तको दिन रंगबुल गुम्बाका धर्मगुरु खेम्पो ग्याल्छेन तामाङ गुम्बामा उपस्थित रहनेछन्‌‍। यसै दिन दिउँसो 1 बजेर 30 मिनटदेखि खेम्पो ग्याल्छेन तामाङ्को बाहुलीबाट दिर्घायुको आशीर्वाद वाङ्‌‍ वितरण गरिनेछ। युएस तामाङले गुम्बा सञ्चालन समितिले आगामी समयमा पनि यस्ता धेरै पूजा एवं धार्मिक कार्यक्रमहरूको आयोजना गर्ने पनि बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

असीत राई साहित्यिक मञ्चले विकास गोतामे स्मरण दिवस मनाउने

सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

आइपीआर अध्यक्ष राईद्वारा पाकिम कार्यालय भ्रमण

त्रिशक्ति कोरद्वारा कारगिल दिवसमा श्रद्धाञ्जली अर्पण

त्रिशक्ति कोरद्वारा कारगिल दिवसमा श्रद्धाञ्जली अर्पण

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

लिश नदी, चुनाभट्टीबाट अपरिचित पुरुषको मृत देह उद्धार

जागिर नियुक्तिको लागि विधायक सिन्च्युरीद्वारा विदाइ

जागिर नियुक्तिको लागि विधायक सिन्च्युरीद्वारा विदाइ

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

नोर्बु जी. भुटियाले 2 विषयमा UGC-NET गरे उत्तीर्ण

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को समापन

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

एसएससीसीद्वारा गोर्खाल्याण्डको मागमा पोस्टरिङ्ग

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या