Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

जुडो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन

Share this news

खरसाङ,24 अगस्त(निसं): तेस्रो जिता क्योई अन्तर्राष्ट्रिय बच्चाहरूको जुडो प्रतियोगिता भूटान ओलम्पिक एशोसिएसनद्वारा थिम्पु शहर, भूटानमा 20-24 अगस्तसम्म आयोजना गरिएको थियो। यस अन्तर्राष्ट्रिय प्रतियोगितामा दार्जीलिङ जिल्लाकै प्रतिनिधित्व गर्दै तीन जना खेलाड़ीहरूले भाग लिएका थिए। यस अन्तर्राष्ट्रिय प्रतियोगितामा जापान, दक्षिण कोरिया, मंगोलिया, मलेसिया, सिंगापुर, थाइल्याण्ड, नेपाल, भूटान, बंगलादेश अनि श्री लङ्काका खेलाड़ीहरूले पनि भाग लिएका थिए। पहिलो तीन दिन जापानका ख्याति प्राप्त कोबे युनिभर्सिटीका चार जना जुडो प्रशिक्षकहरुले यी नानीहरूलाई जुडोका विभिन्न कला कौशलहरूको अभ्यास गराए। त्यसपछि यी बालक बालिकाहरु मध्ये प्रतियोगिता गराए। दार्जीलिङ्का खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरे अनि उपस्थित दर्शकहरूको प्रशंसा प्राप्त गर्नमा सफल भए। यस अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा दार्जीलिङ्का तीन खेलाड़ी प्रत्येकले पदक जित्नमा सफल भए। अरुण लामा, अध्यक्ष, दार्जीलिङ जुडो एशोसिएसनले यस सफल जुडो टोलीका प्रशिक्षक अनि दार्जीलिङ जुडो एशोसिएसनका सचिव चित्तरञ्जन रोय, ब्ल्याक बेल्ट प्रति धन्यवाद अनि बधाई ज्ञापन गरे। चित्तरञ्जन रोय यस टोली सित भुटान गएका थिए भने अरुण लामाले बताए अनुसार, बालक विभागमा सत्र वर्ष अन्तर्गत अनि पचास केजीसम्म बिस्तु सिंह अनि दश वर्ष अन्तर्गत अनि 38 केजीसम्म अंकुश सरकारले स्वर्ण पदक जित्नमामा सफल भए अनि बालिका विभागमा 16 वर्ष अन्तर्गत अनि 52 केजीसम्म बसन्ती वर्मनले काँस्य पदक प्राप्त गरे। त्यस ओलम्पिक जुडो खेललाई दार्जीलिङ अनि कालेबुङ्का पहाड़ क्षेत्रमा हाम्रा युवापिँढ़ी मध्ये आकर्षित गराउने प्रयास चली रहेको जनाउँदै भविष्यमा हाम्रा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खेलाड़ीहरू यहीँबाट हामीले पाउने छौँ भनी अरुण लमाले बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या