धैयाबारी ग्राम पञ्चायतको आयोजनामा कार्यशाला

Share this news

खरसाङ, (निसं)ः घैयाबारी 1 ग्राम पञ्चायतको आयोजनामा बुधवार एउटा जनचेतना मूलक कार्यशाला सम्पन्न भयो। गिद्धे पहाड़को च्याउ फ्याक्ट्रीमा सम्पन्न भएको यस कार्यक्रममा ग्राम पञ्चायत प्रधान रीना छेत्रीले बाल-बालिकाहरूमाथि आइपर्ने अप्रिय घटनाहरूको बारेमा बताउदै यस प्रकारको घटनाहरूमा वद्धि भएको बताइन्‌‍। तिनले यो कार्यशाला आयोजना गर्नुको उद्देश्यको बारेमा बताउदै वर्तमान समयमा सचेत रहनु नै विपदबाट सुरक्षित रहनु हो भनी बताइन्‌‍। संसाधन अधिकारी फूर्बा शेर्पाले कार्यक्रममा बोल्दै शिशु सुरक्षा समितिको आवश्यकता, बाल-बालिकाको सुरक्षा, हेरचाह बारे विस्तृत रुपमा बताए। तिनले बाल-बालिकाहरू कसरी दिगभ्रमित हुने गर्छन्‌‍, सकरी बाटो बिराउने गर्छन्‌‍ भन्ने बारेमा बुझाउदै नानीहरू अचेतन रुपमा कसरी गइरहेका छन्‌‍ भन्ने विषयमा विस्तृत रुपमा प्रकाश पारे। तिनले ग्राम पञ्चायत स्तरीय शिशु सुरक्षा समिति अनि गाउँ स्तरीय बाल सुरक्षा समितिको बारेमा बताउदै वर्तमानमा बाल-बालिकाहरू कसरी प्रताड़ित अनि शोषित भइरहेका छन्‌‍ यसको उत्तरदायी समाजका गन्यमान्य व्यक्तिहरू नै रहेको उदाहरणहरू प्रस्तुत गरे। तिनले किशोर न्याय अधिनियम (जुभिनियल जस्टिस एक्ट) को बारेमा पनि पनि कार्यशालामा प्रकाश पारे। कार्यशालामा आईसीडीएस सुपरभाइजर ज्योति राई अनि अन्यान्यले पनि वक्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन ग्राम पञ्चायत प्रधान रीना छेत्रीले गरेकी थिए। कार्यक्रममा आईसीडीएस कर्मी, सहायिका, स्वस्थ्य कर्मी, आशा कर्मी, ग्राम पञ्चायतका कर्मचारीहरूको उपस्थिति रहेका थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान