ग्राम पञ्चायत क्षेत्रहरूमा पनि नेपाली साइनबोर्ड लगाउनुपर्ने पञ्चायत समिति अध्यक्षको अपिल

Share this news

खरसाङ, (सुवास छेत्री): केवल शहरी क्षेत्रका दोकानपाट, निजी तथा सरकारी कार्यालयहरू, स्कूल तथा कलेजहरूमा मात्र होइन तर अब ग्राम पञ्चायत क्षेत्रका प्रत्येक दोकानपाट, विद्यालयहरू तथा निजी एवम्‌‍ सरकारी कार्यालयतिर पनि अब अनिवार्य रूपमा नेपाली भाषामा लेखिएका साइनबोर्डहरू लगाउनुपर्ने अपिल खरसाङ खण्ड ग्राम पञ्चायत अध्यक्ष अनु प्रधानले गरेकी छन्‌‍। तिनले बिहीवार खरसङ्मा आयोजित भाषा मान्यता दिवस समारोहमा आफ्नो सम्बोधन राख्दै अब प्रत्येक ग्रामीण क्षेत्रहरूतिर पनि नेपाली भाषामा लेखिएका साइनबोर्डहरू लगाउनुपर्नेछ भनी बताइन्‌‍। प्रधानले वर्षमा एकदिन भाषा मान्यता दिवसमा मात्र भाषाको विषयमा ठूल्ठूला भाषण दिएर नहुने बताउँदै यसको प्रयोगमा हामी सदैव लागिरहनु पर्ने विचार व्यक्त गरिन्‌‍। तिनले हामीले नै हाम्रो भाषाको सम्मान र जगेडा गरेनौँ भने अरू कसैले नगर्ने जनाउँदै यसलाई लिएर अब प्रत्येक नानीहरूका अभिभावकहरू पनि सचेत र सजग रहनुपर्ने बताइन्‌‍। प्रधानले पाश्चात्य संस्कृति र भाषालाई अँगाले आफ्नो भाषा र संस्कृतिलाई कदापि भूल्न नहुने बताउँदै भाषा बाँचे मात्र जाति र जातिको अस्तित्व बाँच्ने तिनले दावी गरिन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान