गोर्खा संस्कृति केन्द्र निर्माणको लागि अनित थापालाई ज्ञापन पत्र

Share this news

खरसाङ, (निसं): अनुसूचित जाति संयुक्त मञ्चले गोर्खा संस्कृति केन्द्र निर्माणको लागि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई ज्ञापन पत्र बुझाएका छन्‌‍। उक्त ज्ञापन पत्र सभासद प्रणाम रसाइलीको माध्यमबाट बुझाइएको छ। उक्त ज्ञापनमा संयुक्त मञ्चले अनुसूचित जातिको विभिन्न सांस्कृतिक बाजा गाजाहरु संरक्षण र सम्बर्द्धनको लागि गोर्खा संस्कृति केन्द्र स्थापना गर्न माग गरिएको छ। उक्त गोर्खा संस्कृति केन्द्र निर्माण टोलीमा अनुसूचित जाति संयुक्त मञ्चको सभापति राजेस गजमेर, उप सभापति गोपाल सेवा, सचिव प्रभात गजमेर, सह सचिव कल्याण बगदास, कुबेर सार्की, कोषाध्यक्ष लिला सिंह विश्वकर्म लगायत 6 जना कार्यकारी सदस्यहरु उपस्थित रहेका थिए। उक्त गोर्खा संस्कृति केन्द्र निर्माण विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै सभापति राजेस गजमेर र सचिव प्रभात गजमेरले गोर्खा जातिको विलुप्त हुँदै गएको सांस्कृतिक बाजा गाजाहरु जस्तै बादल, नौमति बाजा लगायत अन्यको संरक्षण र सम्बर्द्धनको लागि गोर्खा संस्कृति केन्द्र निर्माणको आवश्यकता रहेको र यसको लागि जीटीए प्रमुखलाई अघिबाटै संस्थाले भेट गरिसकेको बताए। दुवैले नौमति बाजा र मादलको संरक्षण र सम्बर्द्धनको लागि कसैले पनि गोर्खा संस्कृति केन्द्रमा रिसर्च गर्न सक्ने जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान