सोनादा, (निसं): खरसाङ महकुमा क्षेत्र अन्तर्गत भएको छ। धेरै लामो समयदेखि गाउँवासीले त्यस क्षेत्रमा जीर्णावस्थामा रहेको झोलुङ्गे पुलको जिर्णोद्धारको निम्ति धेरै गुहार माग्दै आएका थिए। सबै जग्गाबाट निराशा हात लागेपछि अन्त्यमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्सलाई सहयोगको निम्ति गुहार मागेका थिए। धेरै गहिरो निरीक्षणपछि अन्तत् शुक्रवार 105 फिटको लम्बाई अनि 5 फिटको चौड़ाई पुलको सिलन्यास कार्यक्रम आईजीजेएफ प्रमुख अजय एडवर्ड्सको बाहुलीबाट सम्पन्न भयो। कार्यक्रम अवधि क्षेत्रीय वासिन्दाहरुले हर्षको साथै अजय एडवर्ड्सप्रति कृतज्ञता प्रकट गरेका छन्।
