युवाहरूको रक्षा गर्ने समाजले भविष्यको रक्षा गर्छ- सुपेन्द्र प्रधान

Share this news

  1. खरसाङ,22 जून(निसं) :आजको विश्‍वमा थुप्रै मौन महामारीहरू फैलिरहेका छन्, जसमा लागुपदार्थ दुर्व्यसन (नशा) सबैभन्दा गम्भीर र गहिरो चुनौती बनेर उभिएको छ। यो केवल व्यक्तिलाई मात्र होइन, परिवार, समाज र पुस्तैपुस्ता नै खिया लगाउने रोग हो। विशेषगरी युवाहरू यसको पहिलो शिकार बन्ने गरेका छन्। उनीहरूको सम्भावनामा अँध्यारो हालिदिन्छ, सपनाहरू चकनाचुर पारिदिन्छ, अनि सम्पूर्ण समाजलाई कमजोर बनाउँछ। उपयुक्त मन्तव्य भारतिय जनता युवा मोर्चा दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष सुपेन्द्र प्रधानले गरेका छन्। तिनले भनेका अघि भनेका छन्- मिरिक प्रहरीले लागुपदार्थ सेवन, बिक्री र वितरणविरुद्ध उठाएको सशक्त र सकारात्मक कदम अत्यन्तै प्रशंसायोग्य छ। यो केवल कानुनी कारबाही मात्र होइन, समाजलाई निको बनाउने एक महत्त्वपूर्ण प्रयास हो। यसले एउटा स्पष्ट सन्देश दिन्छ। अब नशाको अपराध र त्यसप्रतिको मौनता स्वीकार्य हुने छैन। हामीले सधैँ सम्झनु पर्छ, नशाले शरीरलाई नष्ट गर्छ, मस्तिष्कलाई सुन्न बनाउँछ, अनि आत्मालाई दबाउँछ। हरेक दुर्व्यसनी केवल आँकडा होइन, उनीहरू एउटा भट्किएको जीवन हुन्, जसलाई पुनःमार्गमा ल्याउने जिम्मा हाम्रो हो। अनि हरेक कारबाही, हरेक पहलले त्यो अँध्यारोलाई चिर्दै आशाको उज्यालो ल्याउँछ। भारतीय जनता युवा मोर्चा यो अभियानमा मिरिक प्रहरी प्रशासनसँग काँधमा काँध मिलाएर उभिएको छ। यो युद्ध केवल अपराध विरुद्ध होइन, जीवन, सम्मान र उज्ज्वल भविष्यको पक्षमा लडिएको युद्ध हो। हाम्रो चाहना हो-मिरिकबाट सुरू भएको यो चेतनाको झिल्को समग्र पहाड हुँदै देशभर फैलियोस्। समाज, प्रशासन र युवाहरूको समवेत आवाजले यो दुष्प्रवृत्तिलाई जरैदेखि उखेलेर फालोस्। किनकि अन्ततः, जो समाजले आफ्ना युवालाई जोगाउँछ, उसैले आफ्नो भविष्य सुरक्षित गर्छ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न