क्षेत्रका विधायक एरुङ तेजिङ लेप्चाको निर्देशनमा नयाँ पहलका साथ हरेक आमाप्रति हार्दिक श्रद्धा अर्पण गर्दै आमा योजना अन्तर्गत, युवाहरू- फुर्बा वाङ्दी लेप्चा, किरण लेप्चा, तार्बु लेप्चा, पेम लेप्चा, भीम तामाङ, फुत्देन लेप्चा, नर्बु लेप्चा, डुप लेप्चा, तार लेप्चा र कुन्जाङ तामाङको नेतृत्वमा समर्पित टोलीले रिन्चेनपोङबाट रङपोसम्मको पैदल यात्रा सुरु गर्यो। यात्रामा सीएलसी अध्यक्ष जितहाङ सुब्बा, ओएसडी डी. पी. शर्मा, युवा संयोजक अनिल गुरुङ र पार्टी सदस्यहरू सहभागी थिए, सबैले योसँग ऐक्यबद्धता जनाउँदै हिँडेका छन्।