आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पीएम धन धान्य कृषि योजनाको शुभारम्भ तथा भारत सरकारका विभिन्न प्रमुख योजनाहरु र परियोजनाहरुको उद्घाटन/शिलान्यास अनलाइन माध्यमबाट उपस्थित गरिएको थियो। कार्यक्रमको अवसरमा, प्रधानमन्त्रीले पीएम धन धान्य कृषि योजना सुरु गरे अनि नयाँ दिल्लीमा दलहनमा आत्मनिर्भरता हासिल गर्न लक्षित छ वर्षे मिशनको उद्घाटन गरे। जसको उद्देश्य कृषि क्षेत्रमा आत्मनिर्भरतालाई प्रवर्द्धन गर्नु हो। उनले कृषिमा पूर्वाधारकोष, पशुपालन र खाद्य प्रसंस्करण उद्योग अन्तर्गत राष्ट्रको लागि समर्पित विभिन्न परियोजनाहरुको पनि उद्घाटन गरे। यस अवसरमा, प्रधानमन्त्रीले प्राकृतिक कृषि अभ्यास गर्ने किसान समूहलाई प्रमाण पत्र वितरण गरे, प्रमाणित MAITRI प्राविधिकहरुलाई तथा PMKSKs र CSCs मा सफलतापूर्वक रूपान्तरण भएका PACS संस्थाहरुलाई सम्मानित गरे।
