गोरामुमोका दुई वरिष्ठ नेता विलियम योन्जन (जिला एजीएस) र बुद्ध मोक्तान (जिल्ला समिति सदस्य) इन्डियन गोर्खा जनशक्ति फ्रण्ट (आइजीजेएफ) मा सामेल भएका छन्।
चार दशकभन्दा बढी समयदेखि जीएनएलएफसँग आवद्ध रहेका दुवै नेताले पार्टीको वर्तमान नेतृत्वप्रति बढ्दो मोहभंगलाई नै आफ्नो परिवर्तनको कारण बताए। उनीहरुले आइजीजेएफले अब जनताको आकांक्षालाई मूर्त रूप दिएकोमा जोड दिए। उनीहरुलाई पार्टीमा स्वागत गर्दै आइजीजेएफले यो कदमले परिवर्तन र एकताको सशक्त सन्देश दिएको बतायो। यी दिग्गज नेताहरूको समावेशलाई पहाडमा आइजीजेएफको बढ्दो प्रभावको रूपमा हेरिन्छ, जसले राजनीतिक रूपान्तरणको लागि बढ्दो गतिलाई झल्काएको आइजीजेएफले दावि गरेको छ।
