मेरो भोइस युनिभर्स टप 8 का प्रतियोगीहरूलाई भोट हाल्ने समय आज 4 अगस्त बेलुका 8 बजे सकिनेछ। यस क्रममा गायिका दक्षता गुरूङको अनुभव के कस्तो रह्यो अनि अब उनको के चाहना छ, यसबारे प्रस्तुतकर्ता रिमा विश्वकर्माले सोधेकी थिइन्। दक्षताले निकै भावुक भएर आफ्नो कुरा राखिन्। उनलाई आफ्नो परिवारको बारेमा सोद्धा त उहाँहरूको समझना गरेर दक्षताले आँशु नै खसालिन्।
