अम्बियोक बस्तीमा दुई दिने बर्ड टुरिज्मलाई लिएर कार्यशाला सम्पन्न

Share this news

गोरुबथान, 3 जुलाई (लेनिन राई) ;  अम्बियोक बस्तीमा दुई दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको जानकारी प्राप्त भएको छ। यस क्षेत्रमा पनि बर्ड टुरिजमलाई प्रोमोट गर्ने उद्देश्यले स्थानीय युवाहरुलाई लिएर सो कार्यशाला गरिएको जानकारी प्रवेश राईले दिएका छन्। दार्जिलिङ, कालेबुङ साथै हिमालय क्षेत्रको चराहरुलाई चिन्हित गरेर पर्यटकहरुलाई गाइड गरिनुपर्ने बारे सो कार्यशालामा तालिम दिइएको थियो। उक्त कार्यशालामा पूर्वी हिमालय क्षेत्रमा पाइने चराचुरुंगी साथै पुतलीहरूको पहिचान, गाइडिङ सीप आदि बारे सैद्धान्तिक र व्यावहारिक तालिम दिइयो। उक्त तालिममा पाँचवटा गाउँबाट 22 जना युवाहरुले सहभागीता जनाएका थिए।

अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एण्ड द इन्भारोमेन्ट (एटिआरइइ) – को आयोजनामा अनि रुफोर्ड फाउन्डेसन (युके) – को सहयोगमा सम्पन्न भएको दुईदिने कार्यशाला आदित्य प्रधान र यशवी देवानको अगुवाईमा भएको थियो भने डा. सैबल सेनगुप्ता (सन्त रोबर्ट्स स्कूल, दार्जीलिंग), सन्जीब प्रधान (रिम्बिक नेचर गाइड एसोसिएसन), डा. अवन्तिका थापा र यमलम बेन्जामिन बिडा  (एटिआरइइ) आदि प्रमुख स्रोत वक्ता थिए।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न