भारी वर्षाको कारण कुनै दुर्घटना नहोस् भन्ने पक्षमा यहाँको बिजनबारी डिग्री कलेजमा 20 घर परिवारलाई स्थानान्तरण गरियो। यस कालेजमा 8 घर थाना लाईन अनि मनिधारा गाउँदेखि 12 घर परिवारलाई स्थानान्तरण गरिएको जानकारी समष्टि सभासद सन्दिप छेत्रीले दिए। उनले डिग्री कलेजमा आएर सबै वासिन्दाहरूलाई भेट गरेर कुनै प्रकारको असुविधा भए आफुसँग सम्पर्क गर्ने उनले वचन दिए। यसरी नै पुलबजार थाना प्रभारी विवेक राईले पनि बिजनबारी डिग्री कलेजमा स्थानान्तरण गरिएको जनाउँदै पुल बजार थाना पक्षको हैसियतले सक्दो सहयोग गरिरहेको बताए। यस डिग्री कलेजमा बितेको चार अक्टोबर आएको भीषण वर्षाले पुल बजारको ब्रिज बगाएपछि त्यस गाउँमा बास गर्न खतरा भएको कारणले स्थानान्तरण गरिएको पनि प्रभारी विवेक राईले बताए। यसै गरी चुङथुङ टार मनि धारा गाउँमा पनि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने विचार लिएर 12 घर परिवारलाई स्थानान्तरण गरिएको सभासद सन्दिप छेत्रीले जानकारी दिए।










