त्रिपुरा विवि गोर्खा परिवारद्वारा भाषा दिवस पालन

Share this news

त्रिपुरा विश्वविद्यालय गोर्खा परिवारले भाषा दिवस विशेष उत्साहका साथ पालन गरेको थियो। कार्यक्रममा त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा. गंगाप्रसाद प्रसाईंको नेतृत्व प्रेरणादायी रह्यो। प्रा. प्रसाईंले सम्बोधन गर्दै भने, “गोर्खा भएकोमा गर्व गरौं। हाम्रो नेपाली भाषाले सन् १९९२ मा भारतीय संविधानको आठौं अनुसूचीमा सूचीकृत भई आधिकारिक मान्यता प्राप्त गरेको छ।” उनले सिक्किमका पूर्वमुख्यमन्त्री स्व. नर बहादुर भण्डारी अनि तत्कालीन सांसद दिलकुमारी भण्डारीको योगदान सम्झनु भयो, जसले नेपाली भाषालाई मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। प्रा. प्रसाईंले छात्र–छात्रालाई पठाइएको तत्कालीन सांसद दिलकुमारी भण्डारीको भीडीयो सन्देशको लागि आभार व्यक्त गर्नुभयो। भीडीयोमा भण्डारीले भाषाअन्दोलनका क्रान्तिकारीहरूले दिएका बलिदानको स्मरण गराएको थियो र युवापुस्तालाई आफ्नै भाषालाई जोगाउन प्रेरित गरेको थियो।
कार्यक्रममा नृत्य, संगीत, कविता वाचनसहित नेपाली भाषालाई मान्यता दिलाउन गरिएको ऐतिहासिक तथा राजनीतिक आन्दोलनका विषयमा समेत मन्तव्य प्रस्तुत गरियो। कुल २६ जना गोर्खा समुदायका सहभागीमध्ये पाँचजना विश्वविद्यालयका प्राध्यापक र बाँकी स्नातकोत्तर तहका विद्यार्थी र शोधार्थी रहेका थिए।
भाषा दिवस मात्र नभई त्रिपुरा विश्वविद्यालयका गोर्खा परिवारले सन् २०२१ देखि भानु जयन्ती पनि निरन्तर मनाउँदै आएको छ। यस परम्पराको सुरुआत हालका कुलपतिले गर्नुभएको हो र उनीहरूले यो परम्परा भविष्यका पुस्ताका विद्यार्थी र अध्यापकहरूका लागि निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री