तकदाह–ग्लेनबर्ण समष्टि अन्तर्गत मानेडाँडा खण्ड समितिको पहलमा 9 नं. गाउँ निवासी टेकबहादुर बी.के.को नवनिर्मित घर हस्तान्तरण गरिएको छ। कार्यक्रम श्रम–एकता र सामूहिक सहयोगको उदाहरणस्वरूप आयोजित गरिएको हो। यस अभियानलाई सफल बनाउन गाउँस्तरीय समितिहरू, ट्रेड यूनियन, भातृ संगठन, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति र सक्रिय श्रमदान रहेको थियो। सहभागीहरूको आर्थिक तथा श्रम सहयोगका कारण घर निर्माण कार्य सम्पन्न भएको आयोजक समितिले जनाएको छ। कार्यक्रममा प्रदेशस्तरीय राजनीतिक नेतृत्वको प्रेरणा र स्थानीय संरचनाहरूको संयुक्त प्रयास मुख्य आधार रहेको वक्ताहरूले उल्लेख गरे। “यो अभियान कुनै एक विभाग वा समितिको मात्र जिम्मेवारी होइन, सम्पूर्ण समष्टिका शाखा, खण्ड, भातृ संगठन र स्थानीय जनसमुदायको सामूहिक परिचय हो,” हस्तान्तरण समारोहमा व्यक्त गरिएको भनाइमा उल्लेख थियो।
