Teacher and student

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

Share this news

शिक्षक महासंघको अगुवाइमा २६ दिनदेखि चलिरहेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो, जसका कारण ६२ जना घाइते भएको महासंघले जनाएको छ । तर प्रहरीले भने २० शिक्षक, ५ प्रहरी र एक पत्रकार घाइते भएको उल्लेख गरेको छ । घाइतेहरूको सिभिल, एभरेस्ट अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ४३ जना उपचाररत रहेको शिक्षक आन्दोलनकी संयोजक नानुमाया पराजुलीले जानकारी दिइन् । अधिकांशको टाउको, हातखुट्टामा चोट लागेको छ । झडपमा पत्रकार सबिना कार्की पनि घाइते भएकी छन् । प्रहरीले हानेको पानीको फोहराले उनको आँखामा चोट लागेको छ । सरकारले ‘घुसपैठ’ गरी झडप निम्त्याएको दाबी गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

 

सर्वोच्च अदालतले संवादबाट विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई दिएको ३ दिनको अवधि पूरा हुँदै गर्दा शिक्षक र प्रहरी मुठभेडमा उत्रिए । आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि केहीबेर झडप भएको प्रहरीको भनाइ छ । ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्ने क्रममा पानीको फोहरा प्रहार गरेको थियो भने आन्दोलनकारीका तर्फबाट ढुंगा, इँटा प्रहार भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले सामान्य लाठीचार्ज र पानीको फोहरा हानेर भीड नियन्त्रणमा लिएको बताए । आन्दोलन संयोजक पराजुलीले भने सरकारले ‘घुसपैठ गरेर दमन’ गरेको दाबी गरिन् ।

‘सधैं झैं जुलुस बानेश्वरतर्फ जाँदै थियो । एक्कासि हेल्मेट लगाएका मान्छेले ढुंगा हाने । प्रहरीले पानीको फोहरा हान्यो, सडक पेटीमा बसेका शिक्षकलाई पनि लाठी हानेर घाइते बनायो,’ उनले भनिन्, ‘सरकारले २६ दिनसम्म गैरजिम्मेवार भएर थकाउन खोज्यो । नसकेपछि दमन गरेर लखेट्न खोज्दै छ ।’


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री