मादारिहाट ब्लकका अध्यक्ष जयप्रकाश टोप्पोले मादारिहाट विधायनसभा क्षेत्रका विभिन्न स्थलहरूको निरीक्षणका क्रममा रामझड़ा चिया बगान, दल्मोर चिया बगानको न्यू लाइन र दुमचिपाड़ा चिया बगानका गाउँबासीसँगको भेटमा उनीहरूले गाउँबासीकै विभिन्न समस्याबारे सुने। गाउँवासीले जानकारी दिए कि आफ्नो गाउँमा PHE जडान गरिएको छ तर पानी पाइरेका छैनन्, किनभने बिजुली छैन। त्यसैले गाउँवासीकै कुरा सुनेर तत्कालीन स्बन्धित कार्यालयमा फोन गरी सकेसम्म चाँडो बिजुली जडान गरी गाउँवासीका घरहरूमा पानीको व्यवस्था गराउने पहल गरिएको छ।
