स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

Share this news

दाजीलिङ, 12 जुलाई (निस): गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङको आयोजनामा 61औं वार्षिक नेपाली संगीत प्रतियोगिता स्वर-श्री-2025 सम्पत्र हुनगइरहेको जानकारी गोर्खा दुःख निवारक सम्मेलनले गराएको छ। सम्मेलनको जानकारी अनुसार, यस स्वर-श्री प्रतियोगिताको निम्ति फारमहरू धमाधम वितरण भइरहेको छ। आगामी 4 अगस्तसम्म फारम वितरण गरिनेछ त्यही दिन फारम बुझाउने अन्तिम दिन पनि हो। स्वरपरीक्षण (अडिशन) आगामी 9 अनि 10 अगस्तको दिन सम्मेलनको पुस्तकालय कक्षमा बिहान 10 बजीदेखि राखिएकोछ । स्वर परीक्षाबाट उतिर्ण हुने प्रतियोगीहरूलाई फाईनल राउण्ड अधि एक महिनाको प्रशिक्षण दिइनेछ। उक्त अवसरमा प्रतियोगीहरूले गीत गाउनदेखि सगीत सम्बन्धी पनि ज्ञान हासिल गर्नेछन्। यसको निम्ति सम्मेलनले प्रसिद्ध गायक-गायिका सगीतकारको सहयोग लिनेछ। सेमिफाइनल अनि फाईनल राउण्डमा प्रतियोगीहरूले चारवटा गीतहरू  मौलिक गीत, रिकर्ड भएको कुनै पनि आधुनिक/पप गीत, युगल गीत अनि ठेट लोक गीत गाउन पर्नेछ । सेमी फाईनल राउण्ड आगामी 18 अनि 19 सेप्टेम्बर अनि फाइनल आगामी 21 सेप्टेम्बरको दिन राखिएको छ। विजेता प्रतियोगीहरूले नगद पुरस्कारसंगै सुदर ट्फी, उपहारहरू प्रमाण-पत्र प्रदान गरिने छ। यो प्रतियोगीताले नेपाली संगीत संसारमा सुनौलो इतिहास बनाइसकेको छ। भविष्यमा पनि हाम्रा नवप्रतिभाहरूलाई लगातार रूपमा उत्साह प्रदान गर्न अनि सक्षम बनाउनको निम्ति नेपाली संगीत प्रतियोगीतालाई निस्तरता दिन सम्मेलन कटिबद्ध रहेको सम्मेलनले जानकारी गराएको छ।



Share this news
आजको रोजाइ
सांसद लेप्चाले गरे विकास परियोजनाहरूको समीक्षा

सांसद लेप्चाले गरे विकास परियोजनाहरूको समीक्षा

कविता- भानु हाम्रा महान् कवि

कविता- भानु हाम्रा महान् कवि

नयाँ प्रिन्सिपल ज्योत्स्ना भुटियालाई स्वागत

नयाँ प्रिन्सिपल ज्योत्स्ना भुटियालाई स्वागत

राज्यमन्त्री टम्टासँग सांसद विष्टद्वारा कार्य निरीक्षण

राज्यमन्त्री टम्टासँग सांसद विष्टद्वारा कार्य निरीक्षण

Oplus_0

क्रिस्पिन छेत्री, दिनेश थापा, धर्मराज राणा अनि इन्द्र प्रकाश लामालाई सम्मान जनाइयो

सांसद बिष्टद्वारा पद्मश्री लामाको निधनमा श्रद्धाञ्जली

सांसद बिष्टद्वारा पद्मश्री लामाको निधनमा श्रद्धाञ्जली

पश्‍चिम बंगाल दलित बन्धु कल्याण एवं विकास बोर्ड अध्यक्षको खरसाङ भ्रमण

पश्‍चिम बंगाल दलित बन्धु कल्याण एवं विकास बोर्ड अध्यक्षको खरसाङ भ्रमण

सिलगढीमा २११औं भानु जयन्तीको निमन्त्रण

सिलगढीमा २११औं भानु जयन्तीको निमन्त्रण

नयाँ फौजदारी कानूनको समीक्षामा मुख्यमन्त्री

नयाँ फौजदारी कानूनको समीक्षामा मुख्यमन्त्री

अन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025 को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा जागरूकता कार्यक्रम

अन्तर्राष्ट्रिय सहकारिता वर्ष 2025 को अवसरमा रंगबुल उच्चतर माध्यमिक विद्यालयमा जागरूकता कार्यक्रम

आजको रोजाइ