आफ्नु विद्यालय जाने बाटो विद्यार्थीद्वारा आफै सफाइ

Share this news

दार्जीलिङ,21 जुन(निसं): जोरबंगलो सुकिया-पोखरी खण्ड अन्तर्गत पुलुङदुङ ग्राम पञ्चायत वार्ड नम्बर-1 छोटा पुबोङ बस्ती देखि छोटा पुबोङ चियाबारी जोडिने मार्ग हालसम्म गोरेटो मात्रै भएकोले स्थानीयहरु समस्यामा परेका छन। यो बाटोलाई विद्यार्थीहरुले सफाइ गरिएको जानकारी छ। मुख्य रूपमा यस गोरेटो अथवा पोनि रोड दैनिक रुपमा विद्यार्थीहरु, स्वास्थ केन्द्रका कर्मचारी लगायत बिरामीहरु, चियाबारीमा कार्यरत कर्मचारीहरु संगै दैनिक रूपमा बजारपाट गर्ने राशन दोकानसम्म आउजाउ गर्न लगायतका साधारण मानिसहरुको मुख्य मार्ग रहेको छ। यद्यपि, यो बाटो भएर बर्षायाममा आवतजावतमा पुरै कठिनाई भोग्न पर्ने भएको स्थानीयवासीहरु बताउछन्।

एकपट्टी चियाबारी तथा अर्कोतिर निजी जमीन भएर दुई गाउँलाई जोड्ने बाटोलाई छोटा पुबोङ माध्यमिक शिक्षा केन्द्रका विद्यार्थीहरु लगायत शिक्षकहरुको प्रयासमा केही मात्रमा हिडन सकिने बनाउन बार्षिक रूपमा सरसफाइ गर्दै आएको भए पनि त्यो पर्याप्त नभएपछि गाउँवासीहरु बेला-बेलामा बिचल्ली पर्ने गर्दछ्न। यसका साथै उक्त बाटोलाई गाडी चल्न सक्ने सडक बनाइदिन पहल गरिदिने स्थानीयवासीहरु पक्षमा छोटा पुबोङ माध्यमिक शिक्षा केन्द्र प्रभारी छत्रसिह निरौलाले सम्बन्धित विभागप्रती अनुरोध गरेका छन।
यसको निम्ति क्षेत्रीय सरकारले गम्भीरतापुर्वक लिनुपर्ने उनको अनुरोध छ। उनी भन्छन्, हाम्रो पक्षबाट प्रयास गर्छौ तर यो पर्याप्त छैन यसैले हामीलाई सबै वर्गको मानिसहरुको सहयोगको आवश्यकता रहेको छ, हामी समक्ष अहिले जीटीए- को प्रयासमा पञ्चायत समिति, ग्राम पञ्चायत गठन भएको छ, यस्तै चियाबारीको व्यवस्थापन पक्ष पनि छ जसले हाम्रो असुविधालाई पुरा गर्न सक्छ यसैले सबैलाई अपिल गर्दछौ, हामीले सबैको सहयोगमा एक स्थायी समाधान निकाल्न सकौ। अर्कोतिर, आगामी अगष्ट महिनादेखि मनरेगा अर्थात सय दिने योजना शुरु गर्नु भन्ने कोलकता हाई कोर्टको केन्द्र सरकारलाई निर्देशनले साच्चै  काम शुरु भए यो बाटोको पनि काचुलि फेरिने दिन आउन सक्छ की भन्ने झिनो आशा रहेको निरौलाले बताएका छन्।

Share this news
आजको रोजाइ
खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

खरसाङमा सांस्कृतिक पर्व असार पन्ध्र पालन

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

गोर्खा राष्ट्रिय नारी संगठनद्वारा असार पन्ध्र पर्व उल्लासपूर्वक मनाइयो

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

बागौड़ा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्थान्तरण गरिएकोमा स्थानीयहरूद्वारा घोर विरोध

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

मध्य बर्खामा पनि खरसाङमा पर्यटकहरू आउँदैछन

राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

आजको रोजाइ