इण्डियन जनशक्ति फ्रण्टले मिरिक नाै माइलकाे राहत शिविरमा बस्नेहरूकाे सुविधाकाे लागि बीसवटा म्याटरेस,कम्बल अनि सिरानी प्रदान गरेकाे छ। उक्त सामाग्री इण्डियन जनशक्ति फ्रण्टका मिरिक संयाेजक प्रशान्त लामा, ग्राम पन्चायत उप प्रधान अनुप सुब्बा, कार्यकर्ताहरू किशाेर तामाङ, दर्शन राई आदिले पिडितहरूलाई प्रदान गरे। यस अवसरमा बाेल्दै संयाेजक प्रशान्त लामाले हामीले नाै माइल राहत शिविरकाे भ्रमण गर्दा पिडितहरूले माग गरेकाे अनुसार सामग्री प्रदान गरेका छाैं भन्दै उक्त सामाग्री इण्डियन गाेर्खा जनशक्ति फ्रन्टका केन्द्रीय संयाेजक अजय एडवर्सले प्रदान गरेकाे बताए। तिनले प्राकृतिक आपदामा परेकाहरूलाई आपतकालीन सेवा प्रदान गरिरहेको बताए। पीडितहरू लामाे समयसम्म राहत शिविरमा बस्न सक्दैनन्। यसैले उनीहरूकाे पुनर्वास चाँडै हाेस् भने। तिनले सत्ता पक्षले पैह्राे पीडितहरूकाे लागि जुन घाेषणा गरिसकेकाे छ।त्याे घाेषणामा मात्रै सिमित नहाेस् भन्दै पीडितहरूले घाेषणा अनुरूप सहुलियत नपाए हामी सडकमा निस्किएर विराेध गर्ने बताए।