डेलो पार्कमा गरियो गोपाल योञ्जनको प्रतिमाको अनावरण

Share this news

आज कालेबुङ्गको डेलो पार्कमा नेपाली संगीतका महान् गायक सङ्गीतकार गोपाल योञ्जनको प्रतिमाको अनावरण कालेबुङ्गका विधायक रुदेन सादा लेप्चाले गरे। यो प्रतिमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) र गोपाल योञ्जन प्रतिष्ठान समिति, दार्जीलिङ्ग तथा कालेबुङ्गको सहयोगमा राखिएको हो। प्रतिमाको अनावरण कार्यक्रममा विभिन्न संघ–संगठनको उपस्थिति रहेको थियो। यसक्रममा गोपाल योञ्जन प्रतिष्ठान दार्जीलिङ्गका अध्यक्ष मित्र लामा र कालेबुङ्गका महासचिव संजय प्रसादले पत्रकारहरूसँग कुरा गर्दै यस अभियानको महत्वबारे जानकारी दिए। यस अवसरमा गोपाल योञ्जन प्रतिष्ठान समिति, कालेबुङ्गको पदाधिकारीहरू अध्यक्ष मदन सुधन लामा, उपाध्यक्ष साहिर अहमद, कोषाध्यक्ष रोशन न्यौपाने, कार्यकारी सदस्यहरू आनन्द लामाछाने, बीरेन कालिकोटे, श्रीमती डोल्मा तामाङ, श्रीमती सहारा छेत्रीलाई सार्वजनिक रूपमा परिचय गराइयो। प्रतिमाको अनावरण कार्यक्रमपछि कालेबुङ्ग रामकृष्ण भवनमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान