मङ्पु-लाब्धा समष्टि अन्तर्गत सिमले धुराको बाटो मरम्मतिको लागि रकम आए तापनि मार्चमा हुनपर्ने मरम्मति अहिलेसम्म नभएको खुलासा भएको छ। प्रधामन्त्री सडक योजना अन्तर्गत 2011 मा निर्मित उक्त सडकको मरम्मति 2022 मा भएको थियो अनि 2025 मा पनि हुनपर्ने मरम्मति अहिलेसम्म नहुँदा ग्रामवासीले आइजीजेएफको माध्यमबाट सम्बन्धित निकायसङ्ग चाँडोभन्दा चाँडो मरम्मति गरियोस् भन्ने माग गरेका छन्।