स्वच्छ भारत अभियानलाई सफल बनाउन एसएसबी आठ बटालियन खाेप्रेल डी कम्पनीका जवानहरूले शुक्रबार मिरिक पर्यटन केन्द्रमा सफाई अभियान चलाए। एसएसबीका जवानहरूले मिरिक झील परिसरमा थुप्रिएकाे फाेहाेर अनि प्लास्टिकहरूलाई संग्रह गरेर सुरक्षीत स्थानमा तह लगायाे। यस अवसरमा बाेल्दै एसएसबीका अधिकारी नर्बु छिरीङले एसएसबीले सीमा क्षेत्रमा सुरक्षा मात्रै प्रदान नगरेर समाजिक कार्यहरू पनि गर्ने क्रममा मिरिक पर्यटन केन्द्रकाे मुख्य आकर्षण मिरिक झील परिसरमा सफाई गरेकाे जानकारी गराँउदै एसएसबीले सार्वजनिक स्थलहरू मन्दिर,गीर्जा घर,गुम्बा आदि ठाँउमा पनि सफाई गर्ने गरेकाे बताए।
