स्नोड्रप स्कूलकी विद्यार्थी प्रज्ञा डोल्मा लिटल च्याम्प फाइनलमा

Share this news

मिरिक स्नोड्रप स्कूलको पाचौं श्रेणीकी विद्यार्थी प्रज्ञा डोल्मा तामाङ छिमेकी देश नेपालमा भइरहेको गायन प्रतियोगिता सारेगामापा लिटल च्याम्पको फाइनलमा पुगेपछि उनलाई प्रतियोगितामा विजय बनाउन अनि भोटको अपील गर्न स्नोड्रप स्कूल पनि अघि आएको छ। स्कूलमा बिहीबार एउटा कार्यक्रमको आयोजना गरेर स्कूलका अध्यक्ष भुवनिस राईले प्रज्ञाको उपलब्धिले हामी धेरै हर्षित भएको बताउँदै उनको यो उपलब्धिले स्कूल परिवारले गर्वबोध गरेको बताए। उनी प्रतियोगितामा विजयी बनेकी हामी हेर्न चहान्छौं, यसका लागि स्कूल परिवार अनि विद्यार्थीहरू पनि लागिपरेका छन्। यसैले हामी स्नोड्रप स्कूलको पक्षबाट सबैलाई प्रज्ञाको पक्षमा खल्ती एप्सबाट भोट गरिदिने अनुरोध गरे। तिनले यसभन्दा अघि पनि उक्त स्कूलका आश्मिक खवास भोइस अफ नेपाल किट्सको सेमी फाइनलमा पुगेर स्कूलको नाम उच्च पारेको जानकारी गराउँदै स्कूले विद्यार्थीहरूलाई गुणस्तरीय किताबी ज्ञानमा मात्रै सीमित नराखेर फूटबल, भलिबल लगायत संगीत, कला, साहित्य आदि क्षेत्रमा पनि अग्रसर गराइरहेको बताए। यता प्रज्ञा डोल्मा तामाङले स्कूलले आफूप्रति देखाएको मायाप्रति आभार प्रकट गर्दै सबैको साथ र सहयोग पाए प्रतियोगितामा अवश्य नै बिजय बन्ने बताइन्।

 


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न