३४ औं सिक्किम राज्य ब्याडमिन्टन च्याम्पियनशिप २०२५ आज गान्तोकको पाल्जर स्टेडियमको इन्डोर ब्याडमिन्टन हलमा शुरू भयो। सिक्किम ब्याडमिन्टन संघको तत्वावधानमा आयोजना हुने चार दिने यस कार्यक्रममा राज्यभरका शटलरहरूले भाग लिइरहेका छन्। माननीय समाज कल्याण मन्त्री सामदुप लेप्चा उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। उनको साथमा मुख्यमन्त्रीका राजनीतिक सचिव तथा सिक्किम ब्याडमिन्टन संघका अध्यक्ष ज्याकब खालिङ, सिक्किम ओलम्पिक संघका अध्यक्ष कुबेर भण्डारी, उपमेयर सुश्री छिरिङ पाल्देन भुटिया, ब्याडमिन्टन संघका महासचिव सुकान्त दास, साथै अन्य संघका सदस्यहरू र खेलाडीहरू उपस्थित थिए।
