खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत 2 को गोथल्स साइडिङ पगला बुङ बस्तीको आवात जावत गर्ने बाटो विगत 4 अक्टोबरको राति परेको पानीले धेरै क्षति पुराएको थियो। गाउँका मानिसहरूको निम्ति मूल बाटो भएको कारण धेरै असुविधा भएको कारण गोथल्स साइडिङ नवीन ग्राम सुधार समिति साथै खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष बिरेन्द्र तामाङको उपस्थितिमा बाटोको सर सफाई साथै मरमत्ति गरिएको छ। आफ्नो गाउँ राम्रो बनाऊ भन्ने उद्देश्य लिएर गोथल्स साइडिङका मानिसहरू अघि आएर कार्य गरिरहेको बताइएको छ। यसको साथै सरकारी पक्षबाट पनि यस ठाउँलाई चाँडै देखरेख गरेर समाधान गरिदिने समाजका अध्यक्ष दिपक सिंहले बताएका छन्।
