पुल चर्किएको विषयमा सांसद विष्टद्वारा मन्त्री गड़करीसित सम्पर्क

Share this news

कालेबुङ, १९ मई (निस)ः राष्ट्रिय
राजमार्ग ७१७-ए अन्तर्गत नवनिर्मित लूप ब्रिज (जनसाधारणले सेलरोटी ब्रिज वा स्नेक ब्रिज भनेर चिन्ने) मा देखिएको संरचनात्मक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दार्जीलिङ लोकसभा सांसद राजु विष्टले भारत सरकारका सड़क, यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई औपचारिक रूपमा सम्पर्क गरेका छन्। प्रेस विज्ञप्तिमार्फत सांसद विष्टले पुलमा देखिएको प्रारम्भिक संरचनागत समस्याहरूले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको जनाएका छन्। सार्वजनिक सुरक्षाको हिसाबले यसलाई अत्यन्त चिन्ताजनक मानिएको पनि स्पष्ट पारेका छन्। विष्टअनुसार पुलको सतह
र आधार दुवैमा चिराहरू देखिनु साथै वरिपरि जमीनहरू दबिने स‌ङ्केतसमेत देखा परेका बताएका छन्।
६ महीनाअघि मात्र निर्माण कार्य पूरा भएको यस लूप ब्रिजको अझसम्म औपचारिक उद्घाटन गरिएको छैन, विष्टले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यस्तो प्रारम्भिक संरचनात्मक क्षति देखा पर्नाले निर्माण कार्यको गुणस्तरप्रति गम्भीर प्रश्न उठेको छ, जुन स्थानीय वासिन्दा र यात्रीहरूका लागि ठूलो जोखिम हो।
सांसद विष्टले मौसम र भूगर्भीय जोखिमसमेत औंल्याएका छन्। हाल दार्जीलिङ र कालेबुडका पहाड़ी क्षेत्रमा मनसून आरम्भ भइसकेको हुँदा यस्तो अवस्थाले सड़क संरचनामा थप जोखिम उत्पन्न गरेको छ। यात्रीहरू र स्थानीय वासिन्दाहरूबाट उजागर भएको अर्को चिन्ताको विषय भनेको सेलरोटी गोलाई खण्डमा अपर्याप्त प्रकाश व्यवस्था हो।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न