नाम्चेबुङ निर्वाचन क्षेत्रबाट एसडीएफ र सीएपीजस्ता विपक्षी पार्टी समर्थकहरू सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा प्रवेश गरेका छन्। क्षेत्र विधायक तथा मन्त्री राजु बस्नेतको उपस्थितिमा आयोजित एउटा विशेष कार्यक्रममा उनीहरूले एसकेएम पार्टीको सदस्यता लिएका हुन्। कार्यक्रम अन्तर्गत वार्डस्तरीय समिति गठन, सदस्यता नवीकरण तथा सामेल कार्यक्रम गरिएको थियो। मन्त्री बस्नेतले नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै एसकेएम पार्टीको विचार र विकास योजनाहरूमा समर्पित भएर लाग्न आग्रह गरे।
