एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

Share this news

खरसाङ 28 जुन (निसं):अ खरसाङस्थित एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर वेलफेयर एसोसिएशनको एउटा सभा प्रदीप छेत्रीको सभापतित्वमा , वार्ड नम्बर 1 को डा. अम्बेदकर गाउँ ग्राम सुधार समिति भवनमा सम्पन्न भयो। सभाको सञ्चालन सुदन जोगीले गरेका थिए। सभामा सुदन जोगीले एसोसिएशनको क्रियाकलाप साथै स्थिति बारे विस्तृत जानकारी गराए अनि तिनले एसोसिएशनको हिसाब-किताब बारे पनि सभामा जानकारी गराए। सन् 2015 मा स्थापित भएको यस एसोसिएशनमा सदस्यता प्राप्त गर्नको निम्ति जम्मा आठवटा थप निवेदन पत्र एसोसिएशनकोमा आएको प्रदीप छेत्रीले सभामा जनाए। प्राप्त निवेदनलाई जाँज गरेर अनि छलफल गरेर जम्मा सात जना नयाँ सदस्यहरू यस एशोसिएसनमा सामेल गराइएको जानकारी पनि सभामा राखियो। यस बाहेक उक्त सभामा पुरानो कमिटी विगठन गरेर एउटा नयाँ कमिटीको चयन गरियो। नयाँ कमिटीका सभापतिको पदमा मदन जोगी, उपसभापति अर्जुन छेत्री, सचिव सञ्जय मुखिया, सह सचिव विकास तामाङ, कोषाध्यक्ष सुदन जोगी, सह कोषाध्यक्ष देवेन तामाङ अनि सल्लाहकारहरूमा मोहन कुमार राई, प्रदीप छेत्री अनि सञ्जय राउत अनि पाँच जना कार्यकारिणी सदस्यहरू चयन गरियो। यस अवधि सभालाई सम्बोधन गर्दै सभापतिले आउँदो दिनमा यस एसोसिएशनलाई कसरी अघि बढ़ाउन पर्ने वा सुचारू रूपले सञ्चालन गर्न पर्ने आदि विषयमा चर्चि गरियो। सभामा कमिटीका सबै पदाधिकारीगण साथै सदस्यहरूले नव गठित कमिटीका सदस्य अनि प्रतिनिधिहरूलाई स्वागत जनाए ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान