राङभाङ फरेस्ट बस्तीका युवा परिश्रमी युवा संजय मुखियाले आधुनिक बाख्रापालन पद्धति अपनाएर एक सफल उद्यमीका रूपमा आफूलाई स्थापित गरेका छन्। परम्परागत खेतीपातीको सीमालाई तोड्दै उनले उन्नत जातका बाख्राहरू पालेर राम्रो आम्दानी गरिरहेका छन्, जसले गर्दा उनी बेरोजगार युवाहरूका लागि एक प्रेरणाको स्रोत बनेका छन्। संजयले आफ्नो बाख्रापालन व्यवसाय विभिन्न ठाउँबाट ल्याइएका उन्नत जातका बाख्राहरूबाट शुरु गरेका थिए। हाल उनको फार्ममा ठूलो संख्यामा बाख्राहरू छन्, जसबाट उनले वार्षिक रूपमा राम्रो आय गरिरहेका छन्। उनले बाख्रापालनलाई एक व्यवसायिक रूप दिएका छन् र यसबाट उनले आफ्नो मात्र नभई समुदायको आर्थिक स्तर पनि उकास्न सकिने विश्वास व्यक्त गरे।
