निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई जेसीबीद्वारा सफाइ गर्ने कार्य गरिएको थियो। यस बारेमा बोल्दै ग्राम पन्चायत सदस्य संगीत राईले वितेका दिनहरूमा बर्षाले सडकको धेरै ठाउँमा पैह्रो वा ढिस्कना झरेर यातायातमा समस्या भएको थियो, जसलाई समाधान गर्दै यातायात सुचारू गराउन बुधबार सफाइ गरिएको बताए।
