
बंगालमा एकपछि अर्को घोटालाहरु हुँदैछन्। शिक्षक नियुक्ति घोटाला, कोईला घोटाला, ग्रुप सी र डी पदमा नियुक्ति घोटाला, प्राथमिक शिक्षक नियुक्ति घोटाला,पशु ओसारपसार घोटाला,सयदिने रोजगारमा व्यापक घोटाला र बंगलादेशीहरु घुसपैठमा घोटालाहरुले राज्यको चारतर्फी बदनाम भएको छ। राज्यमा भ्रष्टाचारको संस्कृति फलेको र फुलेको छ। मन्त्रीहरु र टिएमसी नेताहरु नै भ्रष्टाचारको कारण जेलबन्दी छन्। राईले अझ भनिन् , नैतिकताको आधारमा ममता व्यानर्जीले राजीनामा दिनुपर्ने हो। तर ममता व्यानर्जीले यस्तै सरकार चलाइरहेकी छिन्। राज्यमा कुशासनको कारण जनतामाथि झण्डै सात लाख करोडको ऋणको बोझ पुगिसकेको राईले आरोप लगाएकी छन्। उनले अझ भनिन्, राज्यको अर्थ व्यवस्था डमाडोल छ। सुप्रिम कोर्टद्वारा निर्देश हुँदा पनि बंगालको कर्मचारीहरुका 25 प्रतिशत समयमा दिनु नसक्ने स्थितिमा सरकार पुगेको छ। जसको कारण बंगालका जनता संकटकालिन स्थितिमा जाकिएका छन्। सबै व्यवस्थापनमा ममता बेनर्जी सरकार पूर्णरूपले असफल भइसकेको छ। अहिले सरकार, जनतालाई डर धम्की, हत्या,हिंसा र बलात्कारहरु ढाकछोप गरेर जसरी होस् सरकारको बचाउ गर्ने षड्यन्त्रकारी योजना गर्न लागेका छन्। जसको कारण बंगालमा जनताको सुरक्षा असम्भव छ। अब बंगालमा गणतन्त्र बचाउन र जनतालाई सुरक्षा दिनु हो भने अविलम्ब राष्ट्रपति शासन लगाउनुपर्छ। यो बाहेक अर्को विकल्प अहिले छैन। बंगालको भुक्तभोगी जनताले केन्द्रीय सरकारमाथि यही उम्मीद लिएर बसेका छन्।
President's-rule-imposed-immediately-to-save-the-republic-in-Bengal