रिम्बिक, 9 दिसम्बर(निसं): लोधोमा-2 ग्राम पञ्चायतले जन्म तथा मृत्यु प्रमाण-पत्र , धुरीकर लगायत अन्य उपलब्ध सुविधा सेवाहरु अब अनलाइन मार्फत् उपलब्ध गराइने जानकारी दिएकोछ। यो घोषणापछि ग्रामवासीहरुलाई सुविधा हुने थाहा लागेको छ। ग्राम पञ्चायत प्रधान लाक्पा छेकी शेर्पाले यस पहलले सम्पुर्ण ग्रामवासीलाई विविध कागजपत्रहरु बनाउनमा सहज हुने बताए। उनले ग्रामवासीले अनलाइन पोर्टलमा गएर यस सुविधाको फाइदा उठाउन सक्नेछन्। यसका साथै ग्राम पञ्चायत विभिन्न गाउँमा डस्टबिन वितरणलाई यथावत् राखेको छ। पञ्चायतलाई स्वच्छ बनाउन यस पहलको शुरुवात भएको हो भने यस पहलबाट धेरै गाँउहरु लाभान्वित भइरहेको पञ्चायत प्रधानले जानकारी दिए। ग्रामीण भेकमा फोहोर व्यवस्थापनलाई सुव्यवस्थित अनि सुदृढ बनाउने उद्देश्यका साथ यस पहलको थालनी भएको थाहा लागेको छ।











