Relief to villagers

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

Share this news

विनाशकारी पैह्राेले मिरिक बस्ती जसबीर गाउँ अनि कृषि कुञ्जवासीलाई ठूलो चोट दिएर गएको छ। पैरोको चपेटमा परि जसबीर गाउँमा दुईजनाले ज्यान गुमाएका थिए भने धेरैका घरहरू पुरिएको अनि कृषिकुञ्ज र जसबीर गाउँका १४ परिवार जोखिममा परेका छन्।यसरी नै धेरैजनाको सुन्तलासँगै खेती योग्य जमिन पैरोले तहस नहस पारेको छ। पैरोले स्थानीय देवप्रकाश सुब्बाको वाहन पनि पुरेको छ। हाल यी परिवारहरू राहत शिविरमा बस्दै आइरहेका छन्। आज १४ परिवार मध्ये मृतकका परिवार अनि अन्य अत्यन्तै जोखिममा परेका दुई परिवारलाई स्थानीय जसबीर गाउँ निवासी हाल नक्सलबाडी भूमि औ भूमि सुधार विभागमा कार्यरत प्रिया सुब्बा अनि उनका सहयोगी कर्मचारीहरूले संकलन गरेको आर्थिक सहयोग प्रदान गरियो। उक्त सहयोग राशी मृतक सुमित लेप्चाकी बहिनी सुनिता लेप्चा, पीडितहरू कृषिकुञ्ज निवासी तार्सुङ लेप्चा अनि विद्याचन्द्र राईलाई राहत शिविर समितिका प्रतिनिधिहरू शिक्षक कर्म लेप्चा, विनय राई, रबि छेत्री, ओमकार सुब्बा, विषण सुब्बा, अभिनाश सुब्बा, हेमचन्द्र सुब्बाको उपस्थितिमा प्रदान गरिएको छ। सहयोग राशी प्रदान गरेपछि उनीहरूले प्रिया सुब्बा अनि उनका सहयोगी कर्मचारीहरूप्रति आभार प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न