थर्बु, सौरेनी, फुवागडी र अन्य चियाबगान क्षेत्रमा भूस्खलनमा धेरै घरहरू भत्किएर मानिसहरू घरविहीन बनेका छन्। उनीहरू प्रायः राहात शिविरमा छन् अनि केही आफन्त का घरमा। यसक्रममा जीटीए मुख्य कार्यपाल अनित थापाले पीडितहरुलाई घर निर्माण गर्ने वचन दिएका छन्। घर निर्माण गर्न अघि चिया बगानले जमीन उपलब्ध गराउनु पर्छ।
जीटीए चीफको प्रतिनिधि दिवस छेत्री लगायत सभासद अरुण सिग्ची अनि विवेक गोले, जनसम्पर्क अधिकारीले आज केही चिया बगानका प्रबन्धकहरुसंग भेट गरे। दिवस छेत्रीले जानकारी दिँदै भने, “हामीले भेटेका सबै चिया बगानका प्रबन्धकहरुले सकरात्मक सोच राखेर जमीन उपलब्ध गराउने बचन दिनु भएको छ। प्रशासनिक दस्तावेजको कार्य पश्चात चियाबगानले जमीन उपलब्ध गराउने छन्।”
दिवस छेत्री अनुसार बेघर भएका सबै परिवारहरूको पूर्ण सूची तयार भई सकेको छैन। यसको मुख्य कारण धेरै ठाउँमा प्रशासन मात्र होइन राहत सम्म पुर्याउनु सक्ने स्थिति छैन। धेरै गाउँहरू पूर्ण रूपले सम्पर्क बिहिन रहेका छन्। केही दिन भित्रमा पूर्ण सूची तयार हुने उनले बताए। चिया बगानले जमीन उपलब्ध गराए पश्चात भूमि अनि भूमि सुधार विभागले नाप जोक को कार्य गर्नेछन्। तत्पश्चात घर निर्माणको कार्य सुरु हुने दिवस छेत्रीले बताएका छन्।
