reasonable prices

उचित मूल्यमा ताजा फलफूल र तरकारी बिक्री केन्द्रहरू

Share this news

पश्चिम बंगाल सरकारको कृषि बजार विभाग अन्तर्गत सञ्चालित ‘सुफल बङ्गला’ (Sufal Bangla) ले मिरिक क्षेत्रको जनतालाई उचित मूल्यमा ताजा फलफूल र तरकारी उपलब्ध गराउन विभिन्न स्थानमा बिक्री केन्द्रहरू (स्टल्स) सञ्चालन गरिरहेको छ। मुख्य कारण: हालै मिरिकमा भएको प्राकृतिक विपत्ति (आपदा) का कारण अन्य सामान्य पसलहरूमा तरकारीको मूल्य बढेको छ। यस विषम परिस्थितिमा जनतालाई बढेको मूल्यबाट राहत दिन र सही दरमा अत्यावश्यक तरकारी तथा फलफूलहरू सुनिश्चित गर्न यो कदम चालिएको हो। यस कार्यक्रमको आयोजना कृषि बजार विभाग द्वारा गरिएको हो भने मिरिक ब्लक कृषि विभागको सहयोग प्राप्त भएको छ। यसको व्यवस्थापन खोरीबारी मातृभूमि किसान उत्पादक कम्पनी लिमिटेडले गरिरहेको छ।
‘सुफल बङ्गला’ स्टलका स्थानहरू: कृष्णनगर ट्याक्सी स्ट्यान्ड, मिरिक गार्डेनमा रहेको डे सेन्टर, मिरिक बाइपास र अन्य केही क्षेत्रहरू। सम्पूर्ण मिरिकवासीलाई यो सुविधाको उपयोग गर्न र व्यवस्थापनमा सहयोग गरिदिनु हुन अनुरोध छ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न