Rasa in Poetry of Haribhakta Katuvala

“हरिभक्त कटुवालका कवितामा रस” माथि विद्यावारिधि शोध कार्य

Share this news

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट आसामका साहित्यकार विष्णु शास्त्रीले “हरिभक्त कटुवालका कवितामा रस”माथि विद्यावारिधि शोध कार्यको अन्तिम वाक् परीक्षा काठमाण्डौमा पूर्ण गरेका छन्। उक्त वाक् परीक्षक मण्डलमा शोध निर्देशक प्रा० डा० नारायण चालिसे, शोध विशेषज्ञद्वय प्रा० डा० नुरापति पोखरेल तथा सह प्रा० डा० गणेशप्रसाद घिमिरेज्यूप्रति शास्त्रीले अत्यन्त श्रद्धावनत बन्दै शिर निहुराएका छन्। यस क्रममा उनले ने०स०वि०का शिक्षाध्यक्ष, कार्यकारी निर्देशक प्रा० डा० सुधनकुमार पौडेल, अनुसन्धान परिषद्का सम्पूर्ण सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनको वाक् परीक्षामा नेपाली वाङमयका अथक साधक तथा सुपरिचित समालोचक प्रा० डा० दयाराम श्रेष्ठको समेत आशीर्वचन लिन पाउँदा अपार हर्ष र सन्तुष्टिको अनुभूति भएको विष्णु शास्त्रीले बताएका छन्। अनुसन्धान केन्द्रका सम्पूर्ण कर्मचारी साथीहरु उपप्रशासक नारदप्रसाद पौडेल र सेवानिवृत्त नगेन्द्रराज रेग्मीलाई पनि उनले यस प्रसङ्गमा सदा स्मरण गरिरहने बताए। अन्त्यमा विष्णु शास्त्रीले नेपाल संस्कृत विश्वविद्यालय र अनुसन्धान केन्द्र परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
“हरिभक्त कटुवालका कवितामा रस” माथि विद्यावारिधि शोध कार्य

“हरिभक्त कटुवालका कवितामा रस” माथि विद्यावारिधि शोध कार्य

दोयाक “द ओपन स्टोन भिलेज म्युजियम” ग्रामीण पर्यटन

नयाँ पुस्ताका फूटबलरहरूलाई उज्यालो बाटो खोल्दै नादोङ भुटिया

नयाँ पुस्ताका फूटबलरहरूलाई उज्यालो बाटो खोल्दै नादोङ भुटिया

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

आइजीजेएफले सबै राजनैतिक दल, संघ संस्थाहरूसंग भेट गर्ने

भारतीय गोर्खालाई व्यवस्था होइन, आफ्नै पुर्ख्यौली भूमि (माटो) चाहियो

सिटिजन एक्शन पार्टीको केन्द्रीय कार्यकारी परिषदको बैठक सम्पन्न

सिटिजन एक्शन पार्टीको केन्द्रीय कार्यकारी परिषदको बैठक सम्पन्न

सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

सिङताम खामदोङ्ग निर्वाचन क्षेत्रमा वार्डस्तर समिति गठनको पाँचौँ दिन

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

ब्लक पसौं र शाखा पसौं अभियानमा लाग्न पर्ने आवश्यकतामा जोड

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

SDRF जारीको लागि गर्भनर डा. आनन्द बोसलाई बिष्टद्वारा पत्राचार

आजको रोजाइ