टिस्टा नदीको समस्यामाथि कानूनी कारवाहीको तयारी

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टले टिस्टा नदीको खतरा अनि बढ्दो सतहप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। फ्रण्टले विज्ञप्ति जारी गर्दै भनेको छ, जुन समस्याले दार्जीलिङ तथा वरपरका क्षेत्रमा सालबसाल विनाशकारी बाढी ल्याइरहेको छ। बिगतका दिनहरूमा टिस्टा नदी सडकभन्दा झण्डै २०० फिट तल बग्दथ्यो। तर अहिले नदीको सतह यति बढिसकेको छ कि सामान्य वर्षामा पनि सडक र गाउँ बाढीले क्षतिग्रस्त बन्नपुग्छ। यसको मुख्य कारण हो – एनएचपीसी लगायत कम्पनीहरूले बनाएका बाँधहरूले नदीमा अत्याधिक फोहोर मैला थुप्रिने गरेको छ। एनएचपीसीले दुईवटा बाँधबाट वार्षिक ६००–७०० करोड आम्दानी गर्छ तर यस क्षेत्रका जनतालाई केही पनि दिंदैन। तर सालाना समस्या बढिरहेछ। यसबारेमा आइजीजेएफले नेशनल ग्रीन ट्रायबुल्यनल (NGT) मा उजुरी दर्ता गर्ने र बाँध सञ्चालन गर्ने कम्पनीहरूलाई नियमित रूपमा खन्ने काम गर्न तथा वैकल्पिक समाधान अनिवार्य गर्न हेतु कानूनी माग गरेको छ। आइजीजेएफले यस्तो अन्याय सहन गर्नेछैन, किनकि यहाँ गोर्खाहरूको जीवन, क्षेत्रीय नदी र भविष्यको सवाल रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

Preparation of legal action on Teesta river problem


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान