युनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिकले बुधबार मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण हेलीप्याड परिसरमा पैंयुको बिरुवा रोप्न साथै व्यापक सफाई अभियान चलायो। हेलीप्याड परिसरलाई सफा राख्ने उदेश्यले गरिएको सफाई अभियानमा युनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिकका अध्यक्ष पास्टर केवल लामा, महासचिव पास्टर सागर कार्कीडोली, मूल रेभरेन्ड एन जोशुवा शर्मा, प्रवक्ता पास्टर लाडुप लेप्चा, मूल सल्लाहकार रेभरेन्ड उमेश सेवा, सह सचिव साइमन तामाङ, क्षेत्रीय संयोजकहरू पास्टर विकास दर्जी, उमेश राई, अर्जुन राई आदि उपस्थित थिए।
