यसवर्ष मिरिकमा भव्यरुपमा फूलपाती शाेभायात्रा निकालिने भएकाे छ। उक्त विषयलाई केन्द्र गरेर बिहीबार मिरिक रङ्गशाला भवनमा एउटा सभा गरियाे। जसमा जीटीएका कार्यकारी सभासद अरूण सिग्ची, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, सभासदहरू मिलेस राई, धुर्ब बम्जन, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गाेले, मिरिक सूचना एवं साँस्कृतिक विभागका प्रभारी मिलन राई लगायत विभिन्न धार्मिक संघ संस्था अनि मन्दिर संचालन समितिका पदाधिकारीहरू उपस्थित थिए। सभाले मिरिकमा भव्यरुपमा विविध कार्यक्रमकाे साथमा फुलपाती शाेभा यात्रा निकालिने प्रस्ताव पारित गरिएकाे आयाेजक समितिका सचिव एवं कार्यकारी सभासद अरूण सिग्चीले बताए।
