मिनरल स्प्रीङ, 10
अगस्त(निसं): शनिबार रक्षा बन्धन,जनै पूर्णिमा, गुरु पूजा साथै क्वाँटी खाने पर्व।यी सबै पर्वको आ-आफ्नो महत्व र विशेषता रहिआएको छ।आ आफनो संस्कृति धर्म परम्परा अनुसार मानिसहरूले यी पर्वहरू मनाउँदै आइरहेका छन्। हिन्दू अनि बौद्ध धर्मावलम्बीहरूले आजको दिन मन्दिर, गुम्बामा पूजा आजा गरी सुख शान्ति समृद्धि सुस्वास्थ्य दिर्घायु भाइचारा आदिको कामना राख्ने गर्छन् भने ईश्वर तथा भगवान प्रति आस्था अनि विश्वास समर्पित गर्ने गर्छन्।यसै क्रममा आज दवाईपानी बस्ती स्थित पेमा छ्योइलिङ गुम्बामा गुम्बा संन्चालन समिति अनि म्हाणीपा संघद्वारा विशेष पूजा अर्चना गरिएको उक्त गुम्बाका प्रमुख लामा वाङदी रूम्बाले जानकारी दिएका छ्न्।छो छ्युमी वाङ वितरण आदि द्वारा सम्पन्न आजको पूजामा बौद्ध धर्मावलम्बीहरू तथा म्हाणीपाहरू द्वारा महिना व्यापी रूपमा गरिने बज्र गुरू जप पनि अभिषेकसहित समापन भएको उनले बताएका छन्।
