धान खेती धान रोपाईको परम्परालाई सुरक्षित राख्दै बाघमारा बस्तीमा धान रोपाईको कार्य सम्पन्न

Share this news

तीनधारे ,7 जुलाई(निसं): मानिसहरुले मेहनत र परिश्रम गरेर कसरी खानुपर्छ भन्ने कुरा गाउँ बस्तीबाट उदाहरण लिनुपर्छ। अर्ग्यानिक खाने कुरा खानु र स्वास्थ्य रहनु गाउँ बस्तीमा जस्तै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने उहादरण त छँदैछ। यस्तै एक उदाहरण तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा अहिले पनि मानिसहरु आफ्नो मेहनत र परिश्रम गरेर धान रोपाईको कार्य गर्दै आईरहेका छन्। खरसाङ क्षेत्र अन्तर्गत सिटोङ, रोहिणी र सिविटारको बाघमारा बस्तीमा अझैं पनि मानिसहरू धान रोपेर अर्ग्यानिक धान फलाउँछन्। प्रत्येक वर्ष यहाँ धान रोपाईको कार्य गरिन्छ। यसपाली यहाँ असारको पन्ध्रमा धान रोपाई नभए पनि आज धान रोपाईको कार्य गरिएको छ। बाघमारा बस्तीमा खेतालापात गरेर धान रोप्ने चलन अनि गाउँमा एका अर्कालाई सघाऊ पघाऊको साथमा धान रोपाईको कार्य सम्पन्न गरिएको छ। यस वर्ष बाघमारा बस्ती निवासी अम्बर लामाको खेतबारीमा पहिलो धान रोपाईको कार्य सम्पन्न गरिएको छ भने अन्यको खेतबारीमा पनि विस्तारै धान रोपाईको कार्य गरिने जानकारी प्राप्त भएको छ। यसपाली अम्बर लामाको खेतबारीमा एकै दिनमा लागभग तीन ऐकर जमीनमा धान रोपाईको कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। पानी झरीमा रमाइलोको साथमा धान रोपाईको कार्य गरिएको छ। पहिलेबाटै बाझो रहेको जमीनमा खन जोत गरेपछि रोपाईको दिन एक हल गोरुको साथमा हलिले पाटा लगाउँदै लगेपछि बाऊसेहरुले फ्याउरी चलाउँदै हिलाउने काम गर्दछन् भने कतिपयले हिलोको झारपात टिप्ने कार्य पनि गर्दछन्। त्यसरी नै सबै तयारी भएको हिले खेतबारीमा धान रोपारहरुले धान रोपाईको कार्य गर्दछन्। खेतबारीको मालिक 76 वर्षीय अम्बर लामा आफै पनि मेहनत र परिश्रमको साथमा धानबारीमा काम गर्छन् भने धान रोपाईको दिन असारे गीतको साथमा धान रोपाईको कार्यमा निरन्तर लागि परेका छन्। आफु मेहनत गर्छन् भने आफ्ना छोराहरु र नातीहरुलाई पनि जोशका साथमा खेतबारीमा मेहनत र परिश्रम गर्न सिकाउँछन्। बाघमारा बस्तीमा परम्परागत रूपमा धान रोपाईको कार्य यथावत् देखिएको छ।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ